मलेसियाबाट फर्किएका बुवाले निशानलाई दागबत्ती दिन सकेनन्

 साउन २४, २०७५ बिहिबार १७:४८:५९ | मोहन पौडेल

काठमाडौं – आइतबार राती हत्या गरिएका भक्तपुरका निशान खड्काको बिहीबार अन्त्येष्टि गरिएको छ । 

वैदेशिक रोजागारीका क्रममा मलेसियामा रहेका निशानका बुवा गणेशबहादुर खड्का फर्किएपछि उनको बिहिबार पशुपति आर्याघाटमा अत्येष्टि गरिएको हो ।दिउँसो साढे १ बजे नै आउने भनिएपछि उहाँ दुई घण्टा ढिलो मात्रै आइपुग्नुभएको थियो । विमानस्थल आइपुगेका गणेशबहादुर सिधै छोराको अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुग्नुभएको थियो । 

छोराको अनुहार हेर्दै भक्कानिएपछि उहाँले दागबत्ती दिन सक्नुभएन । छोरालाई दागबत्ती दिन नसकेर केही पर राखिएको बेञ्चमा बसेका गणेशबहादुरका हात बाउँडिएको थिए । छोरालाई पानी खुवाउना साथ उहाँलाई शवभन्दा टाढा नै राखिएको थियो । 

बुवाले दागबत्ती दिन नसकेपछि आफन्त र मलामीहरुले केहीबेर कसले दागबत्ती दिने भनेर छलफल गरेका थिए । निशानका हजुरबुवासँगै मावलका हजुरबुवा पनि नातिको अनुहार अन्तिम पटक हेर्न आर्यघाट आइपुग्नुभएको थियो । 

घरका व्यक्ति हुँदा हुँदै अरुले दागबत्ती दिन नहुने भनाई आएपछि जयबहादुर खड्काले नातिलाई दागबत्ती दिनुभयो । छोराको हत्याको खबर सुने लगत्तै कम्पनीमा बिदा पेसेका गणेशबहादुर बिहीबार मात्रै नेपाल आउनुभएको हो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया