फेरि बन्द भयो रोल्पा सिमेन्ट उद्योग

 साउन २४, २०७५ बिहिबार १९:२५:३८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – उद्योगको आन्तरिक समस्याका कारण आंशिक रुपमा बन्द हुने गरेको रोल्पाको त्रिवेणी गाउँपालिका–३, कोइलामा रहेको रोल्पा सिमेन्ट उद्योग फेरि बन्द भएको छ ।

उद्योग स्थापना हुनुअघि भएको सहमति अनुसार सिमेन्ट उद्योगले स्थानीयलाई रोजगार दिने सहमति अनुरुप स्थानीयको टिप्परलाई काम नदिएको भन्दै व्यवसायीहरुले उद्योग बन्द गरेका हुन् । उद्योग र व्यवसायीहरुबीच गएको असार २६ गते भएको सहमति कार्यान्वयन नभएको भन्दै टिप्पर व्यवसायी आन्दोलित भएपछि उद्योग बन्द भएको हो । 

जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरुको उपस्थितिमा स्थानीय टिप्पर व्यवसायीहरु र उद्योगको सहमति अनुसार उद्योगमा स्थानीयको टिप्परलाई उद्योगमा काम दिनुपर्ने सहमति भएको थियो । 

दुई दिनभित्र सहमति कार्यन्वयन गर्ने भनिए पनि अहिलेसम्म उद्योगले सहमति कार्यान्वयन नगरेको टिप्पर व्यवसायी भूपनारायण केसीेले जानकारी दिनुभयो । उद्योगका प्रशासन प्रमुख टेकबहादुर गुरुङले भाँडा दरमा कुरा नमिलेकाले टिप्पर प्रयोग गर्न नसकिएको बताउनुभयो । भाडामा सहमति भए टिप्पर प्रयोग गर्न सकिने उहाँको भनाई छ । 

टिप्पर व्यवसायीहरुले आबुखैरेनीसम्मको भाडा ३ हजार ५ सय रुपैयाँ तोेकेका छन् भने उद्योगले २ हजार २ सयसम्म दिन सक्ने बताएको छ । वर्षाको समय भएकाले सिमेन्टको खपत नभएको विद्युतको समस्याका कारण प्रशस्त मात्रामा सिमेन्ट उत्पादन नभएको लगायतका कारण देखाउँदै सबै टिप्परहरु कम्पनीले प्रयोग गर्न नसक्ने उद्योगले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया