कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदद्वारा अविश्वास प्रस्ताव दर्ता

 असोज २५, २०७७ आइतबार १४:५६:२८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । 

सांसद यामलाल कँडेलको अगुवाइमा १८ जना सांसदको हस्ताक्षर संसदीय दलका नेता गुलावजङ्ग शाहलाई बुझाइएको हो । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताउनुभयो । 

अविश्वास पत्रमा मुख्यमन्त्री शाहीले पार्टीको काम प्रभावकारी रुपमा गर्न नसकेको उल्लेख गरिएको छ । संसदीय दलको नेता भएपछि प्रभावकारी काम गर्न नसकेको र पार्टीको उपस्थिति फितलो बन्न पुगेकाले शाहीप्रति आफूहरुको विश्वास नरहेको उनीहरुले बताएका छन् । 

अविश्वासको पत्रमा हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका तीन जना सांसद छन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सांसद रहेका छन् । 

संसदीय दलको विधान २०७५ को २४ (१) बमोजिम १८ जना सदस्यले हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव बुझाएका हुन् । साथै नियम २४ को उपनियम १, २, ३ र ४ अनुसार तत्काल संसदीय दलको बैठक आह्वान गरी मार्ग प्रशस्त गर्नसमेत माग गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया