कर्णालीमा ‘तिहारअघि मन्त्रिपरिषद् पुनर्गठन’ गर्ने तयारी

 कात्तिक १६, २०७७ आइतबार १८:५५:३० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा तिहारअघि नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही अहिले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा लाग्नुभएकाे छ ।    

मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई जना मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएकाे हाे । आइतबार मन्त्रीहरुलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भए पनि केन्द्रबाट तत्काल नगर्न निर्देशन आएकाले रोकिएको बताइएको छ । यद्यपि तयारी नपुगेकाले मन्त्रिपरिषद् पुनर्गठन नभएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । अहिले मुख्यमन्त्री कसरी गर्दा ठिक हुन्छ भनेर परामर्श लिइरहनुभएको छ ।’ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि नेकपा कर्णालीमा विवाद बढ्दै गएको थियो । प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुसँग मुख्यमन्त्रीले तीन वटा मन्त्री र दलको सचेतक  दिने सहमति भएपछि उनीहरु अविश्वासको प्रस्तावबाट पछि हटेका थिए । जसअनुसार मुख्यमन्त्री शाहीले नेपाल निकट सांसद कुर्मराज शाहीलाई दलको सचेतकमा नियुक्ति गरिसक्नुभएको छ ।

सहमतिभन्दा पनि कर्णालीको विकास र समृद्धिका लागि कस्तो मन्त्रीमण्डल गराउँदा ठिक हुन्छ र पार्टी बलियो बन्छ भनेर मुख्यमन्त्रीले गृहकार्य गरिरहेको राजनीतिक सल्लाहकार शर्माले बताउनुभयो । यसका लागि सबैसँग परामर्श लिने काम भइरहेको शर्माको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया