देशकै ठूलाे ढल्केबर सब–स्टेशनकाे प्रधानमन्त्रीद्वारा उद्घाटन

 माघ १९, २०७७ सोमबार १४:३८:३३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय सय केभीको सब–स्टेशनको उद्घाटन भएको छ । ढल्केबरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सब–स्टेशनको उद्घाटन गर्नुभएको हाे ।

सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सब–स्टेशन निर्माण भएको हो । चार सय केभी सब–स्टेशनबाट झण्डै नौ सय मेगावाट विद्युत् चार सय केभी र दुई सय २० केभीमा आदानप्रदान गर्न सकिन्छ ।

चार सय केभी प्रसारण लाइनमार्फत् भारतसँग झण्डै एक हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र हेटौँडादेखि इनरुवासम्म बन्दै गरेको चार सय केभी प्रसारण लाइनको निर्माण सकिएपछि झण्डै दुई हजार मेगावाटसम्म विद्युत् हेटौँडातर्फ र दुई हजार मेगावाट विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल–भारतबीच विद्युत् आदानप्रदान गर्न अब ढल्केबर सब–स्टेशन उपयुक्त माध्यम बनेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिनुभयो । प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सब–स्टेशन बनाएको हो ।

गएको कात्तिक २६ गते नै सब–स्टेशन पूर्णरूपमा चार्ज गरिएको थियो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया