ओखलढुङ्गा : सामुदायिक वनमा लागेकाे आगाे अझै नियन्त्रणमा आएन

 चैत ४, २०७७ बुधबार १३:१७:५२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा– चिशंखुगढी गाउँपालिका वडा नं. ४ को सामुदायिक वनमा अगालगी भइरहेको छ । मंगलबार रातिदेखि शुरु भएको आगलागी अझैसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६० जना परिचालन गरिएको छ । यति गर्दा पनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गाेविन्दराज काफ्लेले जानकारी दिनुभयो । आगो कसरी लाग्याे भन्ने थाहा नभएकाे र यसबारे अनुसन्धान गरिने उहाँको भनाइ छ ।

आगोले बस्तीमा क्षति नपुर्‍याओस् भनेर सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन् । वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ । कति वन क्षेत्रमा क्षति पुग्यो भनेर अहिल्यै  भन्न नसकिने नायव उपरीक्षक काफ्लेले बताउनुभयाे । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया