धादिङमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम

 चैत ३१, २०७७ मंगलबार ११:१६:४२

धादिङ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका पदाधिकारीहरूको लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । 

सुरक्षित वैदेशिक रोजगारीका सवाल, आप्रवासी कामदारका हकहित तथा संस्थागत विकास सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो । 

तालिमको पहिलो दिन जिल्ला समन्वय समिति धादिङका जिल्ला समन्वय अधिकारी हरी प्रसाद अर्यालले वैदेशिक रोजगारको वर्तमान अवस्था र अवसर तथा मुख्य सवालहरूको बारेमा जानकारी गराउनुभयो ।

यसै गरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सुरक्षित बैदेशिक रोजगार सम्बन्धी संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र १५ औँ योजना र प्रदेश सरकारको आवधिक योजनामा भएका प्रावधानहरूको विषयमा सहजीकरण गर्नुभयो ।

 कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम अधिकृत कमलबहादुर रोकायले आप्रवासी हकहित सञ्जालको औचित्य, आप्रवासी हकहित सञ्जाल निर्माणको अवधारणा तथा महत्त्व र आप्रवासी हकहित केन्द्रको प्रस्तावित सङ्गठनात्मक संरचना, भूमिका तथा जिम्मेवारीहरूको विषयमा जानकारी गराउनुभयो । नीलकण्ठ नगरपालिका र सामी/हेल्भेटासको सहकार्यमा सुरु भएको तालिमको सहजीकरण लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले गरिरहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया