ओखलढुङ्गाका ७५ सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

 बैशाख ८, २०७८ बुधबार २०:३५:३५ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुङ्गा – ओखलढुङ्गाका ७५  सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू गरिने भएको छ । त्यसका लागि सबै पालिकाबाट विद्यालय छनोटको काम सकिएको छ । जिल्लाबाट आठ पालिकाका ७५ विद्यालय छानिएका हुन् ।

यसमा विभिन्न ६ किसिमका कार्यक्रम तयार गरिएको छ । १८ लाख रुपैयाँ बराबरको कक्षा कोठा निर्माणका लागि १२ विद्यालय, सात लाख रुपैयाँ बराबरको खानेपानी र शौचालय निमार्णका लागि दुई विद्यालय छानिएका छन् । त्यस्तै ६ लाख ५० हजार रुपैयाँ बराबरको कम्प्युटर ल्याबका लागि १० र पुस्तकालय तथा प्रयोगशाला निर्माणका लागि सात विद्यालय छनोटमा परेका शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाका प्रमुख भीमप्रसाद मिश्रले जानकारी दिनुभयो । 

शैक्षिक सुधारका लागि विद्यालयले दिएको आवेदन पालिकाले प्रमाणित गरेर शिक्षा विकास तथा समन्वय इकाइमार्फत सङ्घीय सरकारलाई पठाइएको थियो । आवेदन पेस गरेका जिल्लाका आठ वटै पालिकाका ८० विद्यालयमध्ये ७५ विद्यालय छनोटमा परेका हुन् । 

छनोटमा परेका विद्यालयमध्ये सबैभन्दा बढी लिखु गाउँपालिकाका १४ र सबैभन्दा कम मानेभञ्ज्याङ गाउँपालिकाका तीन वटा छन् । चम्पादेवी, सुनकोशी र मोलुङका ११–११, खिजिदेम्बाका १०, चिशङ्खुगढीका सात र सिद्धिचरण नगरपालिकाका आठ विद्यालय छनोट छन् ।

त्यस्तै शिक्षामा नवीन प्रवर्द्धनतर्फ २४, सिकाइ सामग्रीतर्फ १८ विद्यालय छनोटमा परेका छन् । छनोटमा परेका विद्यालयहरूमा चालु आर्थिक वर्षभित्रै कार्यक्रम सम्पन्न गर्ने गरी सम्बन्धित पालिकामा बजेट निकासा भइसकेको पनि शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाले जनाएको छ । यस्ता कार्यक्रमले शैक्षिक सुधार तथा पूर्वाधार व्यवस्थापनमा योगदान गर्ने अभिभावकले विश्वास लिएका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया