रामेछाप जिल्ला अस्पतालका चार आईसीयू बेड प्रयोगविहीन, नागरिकले उपचार पाएनन्

 जेठ ११, २०७८ मंगलबार १८:५०:५२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – जिल्ला अस्पताल रामेछापमा रहेका आईसीयू बेड प्रयाेगविहीन हुँदा बिरामीले उपचार पाउन सकेका छैनन् । काेभिड–१९ सङ्क्रमितका गम्भीर बिरामीकाे उपचारमा सहज हाेस् भनेर  जिल्ला अस्पताल रामेछापलाई वाग्मती प्रदेश सरकारले गएको भदौमा दिएका पाँच थान आईसीयू बेडमध्ये एउटा मात्रै प्रयोगमा आएको हाे ।

प्रदेश सरकारले पाँच थान आईसीयू बेड, हाइफ्रोम्यादर क्यानुला र मनिटर एक–एक थान प्राप्त भएकोमा आईसीयू बेड सञ्चालन गर्न थप मनिटरलगायतका उपकरण आवश्यक पर्ने भएकाले अहिले एउटा मात्रै बेड सञ्चालनमा आएकाे अस्पतालका प्रमुख डाक्टर नितेन्द्र कर्णले जानकारी दिनुभयाे । ।  

कोरोना सङ्क्रमणका कारण रामेछापमा पर्याप्त आईसीयू बेड नहुँदा बिरामीहरुलाई काठमाण्डाैका विभिन्न अस्पतालमा रेफर गर्दै आएको जिल्ला अस्पतालले आफूसँग भएकाे बेडसमेत सञ्चालनमा ल्याउन नसकेको हाे । जिल्ला अस्पतालमा प्राप्त आईसीयू बेड सञ्चालनमा ल्याउन मनिटर खरिद प्रक्रियामा भएकाले त्याे प्राप्त भएपछि सबै आईसीयू बेड सञ्चालनमा आउने अस्पतालले जनाएको छ । 

कोरोनाका कारण आईसीयू बेड र अक्सिजन सिलिन्डर नपाएर केही व्यक्तिले मृत्युवरण गरिसक्दा पनि जिल्ला अस्पतालले भने भएको आईसीयू बेड सञ्चालनमा ल्याउन नसकेर चरम लापरबाही गरेको नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले गुनासाे पाेख्नुभयाे ।  

उहाँले भन्नुभयाे, ‘अस्पतालमा आईसीयू बेड छैन भन्दै विभिन्न दातासँग हात पसार्दै हिँड्ने जिल्ला अस्पतालका कर्मचारी र अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले अस्पतालमा भएका बेड सञ्चालनमा ल्याउन नसक्नु ज्यादै दुःखद कुरा हो । अस्पतालले तत्काल आईसीयू बेड सञ्चालनमा ल्याइ कोरोना सङ्क्रमितको उपचार गर्नुपर्छ ।’   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया