डोटीमा जङ्गली च्याउको तरकारी खाँदा तीन जना बिरामी

 साउन २, २०७८ शनिबार १३:४:३२ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डोटी - डोटीको शिखर नगरपालिका–५ तिजालीमा जङ्गलबाट ल्याएको च्याउको तरकारी  खाँदा तीन जना बिरामी परेका छन् ।

शिखर नगरपालिका–५ तिजाली बस्ने १० वर्षीय रमेश साउद, ६ वर्षीय महेश साउद र ७ वर्षीय आदित्य ताम्राकार बिरामी परेका जिल्ला प्रहरी  कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । 

हिजो दिउँसो गोठालोबाट च्याउ टिपेर ल्याएर बेलुका तरकारी खाएपछि उनीहरु बिरामी परेका हुन् । 

बिरामी तीनै जनाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार चलिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया