डोटीमा बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण

 साउन २, २०७८ शनिबार २०:३५:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – कोरोनाका कारण अध्ययन गर्न नपाउँदा समस्या भएको भन्दै डोटीका तीन स्थानीय तहका एकहजार ९१ जना बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ ।

सामुदायिक विकास केन्द्र डोटी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको कभर दुई परियोजनाले यहाँका पूर्वीचौकी गाउँपालिका–१ मा चार सय ४८ जना, सायल गाउँ पालिका–४ र ५ मा चार सय ७६ जना तथा आदर्श गाउँपालिका–१ मा एक सय ६७ गरी एक हजार ९१ जना बालबालिकाहरुलाई अध्ययन सामग्री प्रदान गरिएको सामुदायिक विकास केन्द्रका परियोजना संयोजक टंक जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनाको समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएको र पढाइ पनि हुन नसकेकामा उनीहरुको सिकाइ तथा पढाइ निरन्तरका लागि स्व–अध्ययन सामग्री वितरण गरिएको हो । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई प्रदान गरिएका सामग्रीहरुमा स्व–अध्ययन पुस्तक, कापी, पेन्सिल, इरेजर, साइनपेन रहेका छन् । 

यसैगरी जिल्लाकै सायल, आदर्श, पूर्वीचौकी र दिपायल सिलगढीका सात हजार पाच सय जना बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गर्ने योजना रहेको सामुदायिक विकास केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया