पहिरोका कारण बन्द भीमदत्त राजमार्ग सञ्चालनमा

 साउन ३०, २०७८ शनिबार ८:२७:४१ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डाेटी - पहिरोका कारण बन्द भएकाे अत्तरिया-स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ।

यो राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो खस्दा हिजो बेलुकादेखि बन्द  भएको थियो ।

डोजर, प्रहरी र स्थानीय नागरिकको सहयोगमा राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

राजमार्ग खुलेसँगै जाममा परेका यातायात गन्तव्यतिर लागेका जिल्ला प्रहरी कार्यालय डोटीको सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

राजमार्गको विभिन्न ठाउँमा रहेका सडकका मोडहरु विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया