सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको ९३ वर्षको उमेरमा विहीबार राति निधन भएको आफन्तले बताएका छन् ।
विसं १९८२ साल असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उहाँकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने आफन्तले बताएका छन् ।
रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत सदाबहार छन् । उहाँ नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुनुहुन्थ्यो । उहाँले ‘आमा’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘सन्तान’, ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गर्नुभएको छ ।