सामुदायिक विद्यालयका विद्यार्थीलाई स्व–अध्ययन सामग्री

 भदौ २, २०७८ बुधबार १५:२:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ वटा सामुदायिक विद्यालयका आठ सय ५१ विद्यार्थीलाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ । गुडनेभर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा ७ मं वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजना अन्तर्गत बाल विकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने आठ सय ५१ विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो ।

कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र पाठ्यपुस्तक वितरण भए पनि औपचारिक रूपमा कक्षा सञ्चालन नभएकाले उनीहरूको सिकाइ निरन्तरका लागि ती सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडुले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'कोरोना महामारीको त्रासले विद्यालय खुलेका छैनन्, विद्यार्थीले पनि पढ्न नपाएका कारण पढाइमा सहज होस् भनेर हामीले अध्ययन सामग्री वितरण गरेका छौँ, यसले बालबालिकालाई पढाइमा सहज हुने छ ।' संस्थाले वितरण गरेका अध्ययन सामग्रीमा किताब, पेन्सिल, इरेजर, कलर पेन्सिल लगायतका शैक्षिक सामग्री रहेको संस्थाले जनाएको छ ।

विद्यालय बन्द भएको समयमा अभिभावकको सहयोगमा विद्यार्थीले घरमा नै अध्ययन गर्ने मिल्ने भएकाले ती अध्ययन सामग्री विद्यार्थीका लागि निकै उपयोगी हुने पूर्वीचौकी गाँउपालिका–७ का वडाध्यक्ष प्रकाश साउदले बताउनुभयो । 

सामुदायिक विकास केन्द्रले गुडनेवर्स इन्टनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि यस गाउँपालिकाको वडा नं ७ र दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडामा शिक्षा, बाल संरक्षण र प्रायोजित सेवासहितका कार्यक्रम सञ्चालन गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया