देश र जनताका लागि राजनीति गरेको हुँ, स्वार्थका लागि होइन : भीम रावल

 भदौ ३१, २०७८ बिहिबार ११:१८:४८ | विमल बिष्ट
unn.prixa.net

डाेटी - नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का केन्द्रीय उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री डा.भीमबहादुर रावलले आफूले देश र जनताको सेवाका लागि राजनीति गरेको बताउनु भएको छ ।

गृह जिल्ला अछाम जाने क्रममा डोटीमा रहेका एमाले नेता कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उहाँले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, 'म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैँमा दुःखद भएको छ तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दश बुँदे सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागि परेको छु ।'

राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिराेपर गरेर आफूले राजनीति गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, 'मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो । म पार्टी फुटाउने नभइ पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु ।' साथै उहाँले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्दा आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै त्यस्ताे हल्लामा कुनै सत्यता नरहेको दाबी गर्नुभयो ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा नेकपा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रह समेत गर्नु भएको छ ।

साथै उहाँले अहिलेको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुराको जिकिर गर्नुभयो । पद प्राप्तिका लागि केही साथीहरुले नयाँ दल खोलेको भए पनि अन्ततः चोइटिएर गएका साथीहरु पनि पुनः पुरानै घर नेकपा एमालेमा आउने उहाँको दाबी थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया