डोटीको दिपायल विमानस्थल पुनः सञ्चालनमा

 असोज ३, २०७८ आइतबार १९:२५:२४ | विमल बिष्ट
unn.prixa.net

डोटी – कोरोना कहरका कारण बन्द रहेको डोटीको दिपायल विमानस्थलमा पुनः विमान सञ्चालन भएको छ । कोरोना सङ्क्रमणकाे जोखिम बढेको समयमा यहाँ विमान सञ्चालन भएका थिएनन् । 

अहिले कोरोना जोखिम कम हुँदै गएपछि पुनः विमान सञ्चालन भएको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । दिपायलदेखि धनगढी विमानस्थलमा हप्ताकाे एक दिन विमान सञ्चालन हुने नागरिक उड्डयन तथा प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानले दिपायलबाट धनगढीका लागि प्रत्येक शनिवार उडान भर्ने कार्यतालिका छ । 

निजी क्षेत्रको विमान कम्पनी समिट एअरले पनि उडान भर्ने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले बताउनुभयो ।

बन्द रहेको विमानस्थल पुनः सञ्चालन भएसँगै विमानस्थलमा जडान गरिएका सञ्चार उपकरण पनि मर्मत गरिएकाे छ । 

१८ सिट क्षमताका विमानले धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायल धनगढीका लागि बिहान ११ः३० बजे उडान भर्ने तालिका छ । 

डोटी नागरिक उड्डयन तथा प्राधिकरण कार्यालयका अनुसार अहिलेलाई दिपायलदेखि धनगढीसम्मको टिकट तीन हजार चार सय रुपैयाँ तोकिएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया