बालिका बलात्कारको आरोपमा किशाेर पक्राउ

 असोज १३, २०७८ बुधबार १३:२०:५४ | विमल बिष्ट
unn.prixa.net

डाेटी – तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लामा एक जना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय युवक रहेका छन् ।

सोमबार दिउँसो बालिकाले पानी मागेपछि आफ्नो घरभित्र लगी पानी खुवाउने बहानामा बलात्कार गरेको पीडित भनिएका पक्षको आरोप छ । घटनाबारे सूचना पाएपछि लगत्तै प्रहरीले विस्तृत खोज अनुसन्धान शुरु गरेको थियो । प्रहरीको खोजीमा रहेका  ती किशाेर सोमबारदेखि नै फरार रहेका भए पनि मङ्गलबार साँझ जिल्लाको शिखर नगरपालिका–११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपीलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले आफ्नाे नियन्त्रणमा राखेको र पीडित बालिकाको स्वास्थ्य उपचारपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया