पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काटन् सुरु

 असोज १६, २०७८ शनिबार १७:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ ।

प्राधिकरणले साउनदेखि बढाइएको पोल भाडा असोज १५ गते अर्थात हिजोसम्म नतिरेमा तार काट्ने चेतावनी दिएको थियो । आज सांकेतिक रुपमा हरेक वितरण केन्द्रमा कम्तिमा एउटा तार काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चितवनको भरतपुर, रुपन्देहीको मणिग्राम, मोरङको विराटनगर, कैलालीको धनगढी, ताप्लेजुङ, काठमाण्डाैकाे कीर्तिपुर, ललितपुरको इमाडोल लगायतका क्षेत्रमा सांकेतिक रुपमा तार काटेको छ ।

प्राधिकरणले तार काट्दा भरतपुर क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले जनाएको छ । अझै पनि सेवा प्रदायकले अटेरी गरेमा आफ्नो पोल प्रयोग गर्ने सबैकाे तार काट्ने प्राधिकरणले चेतावनी दिएको छ । सेवा प्रदायकले भने प्राधिकरणले पोल भाडा चर्को गरी बढाएको भन्दै इन्टरनेटको शुल्क बढाउने घोषणा गरिसकेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया