पाँचथर बस दुर्घटनामा ज्यान गुमाउने ४ पुगे, १२ जनालाई थप उपचारका लागि झापा लगियो

 कात्तिक ८, २०७८ सोमबार १८:१६:३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरमा आज साेमवार भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ । दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर र आशिका बुढाथोकीकाे ज्यान गएकाे छ । 

दुर्घटनामा अन्य ६० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि एम्बुलेन्सबाट झापा लगिएको छ । यस्तै १६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट धरान लगिएको छ ।

याेसँग पाँचथरमा उपचार हुन नसकेर अन्यत्रै रेफर गरिएकाकोे सङ्ख्या २८ पुगेको छ । दुर्घटनाबाट घाइते भएका अन्यहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।

फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । बस बिहान साढे ११ बजेकाे समयमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया