ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दुर्घटना : तीन जनाको ज्यान गयाे

 कात्तिक २९, २०७८ सोमबार १०:२१:१२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा - ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन्  ।

आज बिहान ओखलढुङ्गाको  चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेका यात्रु दुर्घटनामा परेका हुन् । प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप  सुनकोशी गाउँपालिका वडा नं. ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँबाट खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिनुभयो । गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर मगाएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

जीपमा सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका नागरिक थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया