लमजुङ कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित

 मंसिर ८, २०७८ बुधबार १६:५६:७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमिति सभापतिमा डा. टकराज गुरुङ निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत गएकाे साेमवार लमजुङमा भएको प्रतिनिधि सभा अधिवेशनबाट डा. गुरुङ लमजुङ कांग्रेस सभापतिमा निर्वाचित हुनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार डा. गुरुङ सात सय १७ मतसहित जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रत्यासी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार गमप्रसाद गुरुङले भने पाँच सय ८५ मत ल्याउनुभएको थियो । लमजुङमा डा. गुरुङ र गमप्रसाद गुरुङ प्यानलसहित चुनावी प्रतिस्पर्धामा रहेका थिए ।   

उपसभापतिमा गमप्रसाद पक्षका आनन्द घिमिरे सात सय एक मत, टकराज पक्षका श्रीकान्त घिमिरे ६ सय ७८ मतका साथ निर्वाचित हुनुभएको छ । चुनावमा पराजित गमप्रसाद पक्षका खड्गबहादुर गुरुङले ६ सय २१ मत, टकराज पक्षका लोकनाथ घिमिरेले पाँच सय २८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सचिवमा टकराज पक्षका कृष्णबहादुर अधिकारीले ६ सय ६६ मत र गमप्रसाद पक्षका विमल श्रेष्ठले ६ सय ४९ मत ल्याएर विजयी हुनुभएको छ । पराजित टकराज पक्षका नवीनचन्द्र घिमिरेले पाँच सय ७९ र गमप्रसाद पक्षका राजकुमार पाण्डेले पाँच सय ९७ मत ल्याउनुभएको छ ।

सह–सचिवमा गमप्रसाद पक्षका नरबहादुर गुरुङले सात सय ३९ मत, टकराज पक्षका विश्व पौडेलले ६ सय आठ मत ल्याएर निर्वाचित हुनुभएको छ । सहसचिव पदका प्रत्यासी टकराज पक्षका मदनसिंह घिमिरेले पाँच सय ५८ मत र गमप्रसाद पक्षका सूर्यकला बराल कोइरालाले पाँच सय ९६ मत ल्याउनुभएको छ । 

अधिवेशनले ४१ जना जिल्ला कार्यसमितिका साथै २५ जना महाधिवेशन प्रतिनिधि छनाेट गरेको र निर्वाचित पदाधिकारी, प्रतिनिधिलाई आज बुधवार प्रमाणपत्र वितरणका साथै शपथ ग्रहण गराउने कार्यक्रम तय भएको लमजुङ कांग्रेसका निवर्तमान सचिव एवम् नव निर्वाचित महाधिवेशन प्रतिनिधि हरि बरालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया