सेती नदीमा एक महिला बेपत्ता

 मंसिर १०, २०७८ शुक्रबार २०:२९:३४ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डोटी – डोटीको दिपायलमा सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । आज शुक्रवार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा सात जना प्रहरी टोली र सशस्त्र प्रहरी टोली खटिएको छ, अझै उनलाई भेटाउन सकिएको छैन ।'

ती महिलाले दिपायलको सेती नदीकाे पक्की पुलबाट हाम फालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशव खड्काले देख्नुभएकाे थियाे । त्यसपछि उहाँले इलाका प्रहरी कार्यालयमा खबर गरेको र हाम फाल्ने महिलाको नाम र ठेगाना नखुलेको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया