डोटीको बेड गाँउ बालविवाह मुक्त घोषणा

 पुस ३, २०७८ शनिबार १५:४०:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाँउ जिल्लाभरिकै पहिलो बालविवाह मुक्त गाँउ (टोल) घोषणा गरिएको छ । वडा अध्यक्ष रामबहादुर खड्काले आज एक कार्यक्रमका बीचमा यस गाँउलाई बालविवाह मुक्त गाउँ घोषणा गर्नुभएको हो । 

जिल्लामा सबै भन्दा बढी बाल विवाह गरिने वडाका रुपमा चिनिँदै आएको लडागडालाई अबका केही दिनमा बालविवाह मुक्त घोषण गर्ने उद्देश्य अनुरुप अहिले प्रत्येक गाउँ टोलहरुबाट नै बालविवाह मुक्त घोषणाको सुरुवात गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा यस वडालाई बाल विवाहमुक्त गर्ने योजना रहेको छ । योसँगै त्यहाँका स्थानीय निकै खुसी भएका छन् । 

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । त्यही लक्ष्य अनुसार ‘बिहाबारी २० वर्ष पारी’ नारा दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया