डोटी : काँचाे अदुवाको मूल्य नपाएपछि सुठो बनाउँदै किसान

 पुस २८, २०७८ बुधबार १४:३८:२० | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको बडीकेदार गाउँपालिका ४ का किसानहरूले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा र बेसार खेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको बडीकेदारमा प्रायः सबै किसानले याे खेती गर्दै आएका छन् । 

यहाँ उत्पादन गरिने अदुवा र बेसारका लागि मुख्य व्यापारी केन्द्र भारतको पलिया, गौरीफन्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडीकेदार ४ का अदुवा व्यापारी खडक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, भारतका व्यापारीले मूल्य घटाउने गरेका कारण हामीलाई समस्या भएको हो, हामीले उत्पादन गरेका वस्तु हाम्रै सहरमा खपत हुन सके राम्रो हुन्थ्यो, किसानलाई पनि राहत हुन्थ्यो ।

यहाँका किसानले उत्पादन गरेक काचो अदुवालाई गाउँकै व्यापारीले सस्तो मूल्यमा किनेर सुठो बनाउन थालेका अर्का किसान किसान नरेश मौनीले बताउनुभयो । उहाँका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलाे काँचो अदुवा बराबर पछि गएर (सुकेपछि) एक किलो मात्रै हुने उहाँको भनाइ छ । यसरी सुकाएर बनाइएको सुठो अदुवा वर्षाैँसम्म पनि कुहिँदैन र बिग्रिँदैन । स्थानीयवासी दलबहादुर कलेलका अनुसार नजिकैकाे काउलेबजारकाे खाली डाँडामा गाउँकै व्यापारीले किसानबाट काचो अदुवा सङ्कलन गरी सुठो बनाउन सुरु गरेका छन् । किसानले उत्पादन गरेको अदुवालाई स्थानीयस्तरमै बिक्री र खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो ।

कोचो अदुवालाई सुठो बनाउनका लागि गाउँका सात/आठ जना युवालाई खटाइएकाे छ । यहाँका व्यापारीहरूले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रति–किलो २८ रुपियाँमा किनेर सुठो बनाउन थालेका बडीकेदार गाउँपालिका ५ का हर्कबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, भारतीय व्यापारीले अदुवा नकिन्दा किसानलाई समस्या भएको थियो, गाउँकै दाजुभाइले खरिद गरेर सुठो बनाउँदा धेरैले रोजगारी पनि पाए र किसानलाई राहत भएको छ । 

अहिले गाउँमै अदुवा बिक्री गरी सुठो बनाउन थाल्नु राम्रो काम भएको र किसानले पनि घरैमा मूल्य पाउँदा खुसी भएको सुनौलो किरण कृषक समूह बडीकेदार ४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताउनुभयो ।

यहाँका किसानहरूको मुख्य आयस्रोत भनेको अदुवा र बेसार भएकाले ती खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवा प्रशाेधन केन्द्र बनाउनुपर्ने स्थानीयवासीकाे माग छ । किसानहरूको मागअनुसार बडीकेदारमा अदुवा र बेसार प्रशाेधन केन्द्र बनाउनका लागि आवश्यक पहल भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।  

भारतीय व्यापारीले विभिन्न बहानामा अदुवा खरिदमा बेला–बेलामा आनाकानी गर्ने गरेको किसानहरूको गुनासो रहेको छ । जिल्लामा उत्पादन हुने अदुवा र बेसारलाई जिल्लामै प्रशाेधन गरी खपतका लागि पालिका र प्रदेश सरकारले पहल गरे आफूहरूकाे समस्या समाधान हुने उनीहरूले बुझाइ छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया