नारायणहिटी दरबार सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशकलाई कारबाही गर्न सिफारिस

 पुस २८, २०७८ बुधबार १९:३०:० | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशकसहित संलग्नहरूलाई सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्बन्धित निकायलाई सिफारिस गरेको छ ।  

प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालसहितलाई कारबाहीकाे सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले हिजो मङ्गलवार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा दिनुभएको थियो ।  

दाहाल नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिमा २०७६ साल पुसमा नियुक्त हुनुभएको थियो । उहाँ नारायणहिटी प्रवेश गरेपछि बतास समूहलाई क्यान्टिन भाडामा लगाइएको थियो । तर बतासले क्यान्टिनसँगै राजाहरूले प्रयोग गर्ने बङ्कर र वरिपरिको १४ रोपनी जग्गामा भौतिक संरचना बनाएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले अस्ति साेमवार  प्रतिवेदन दिँदै दाहालको कमजोरी औँल्याएको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया