तरुण दल नेताको हत्याको विरोधमा रोल्पामा प्रदर्शन

 भदौ २५, २०७५ सोमबार १७:३६:३५ | माधवकुमार ओली

रोल्पा – नेपाल तरुण दल रोल्पा नगर कार्यसमितिका अध्यक्ष रोहित पुनको गोली हानी हत्या गरिएको विरोधमा तरुण दल रोल्पाले आज सदरमुकाम लिबाङमा विरोध प्रदर्शन गरेको छ ।

कांग्रेस जिल्ला पार्टी कार्यालयबाट सुरु भएको जुलुसले लोकतान्त्रिक चोक, पिपलचौतारा, सात्ताले खोला, शिवालय मन्दिर हुँदै जिल्ला प्रहरी कार्यालय अगाडि १५ मिनेट विरोध प्रदर्शन गरेको थियो । 

विरोध प्रदर्शनपछि विरोधसभामा बोल्दै रोल्पाका कांग्रेस नेताहरुले हत्या गरिएका पुनलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारको सुरक्षा दिनुपर्ने, हत्याराहरुलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य ३ जना फरार रहेको बताइएको छ । पुनको आइतबार रोल्पाको सुलिचौरमा एक रेष्टुरेन्टमा गोली हानी हत्या भएको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया