धर्मशालामा नियम विपरीत काम गर्नेलाई कानुनी दायरामा ल्याइन्छ : मन्त्री आले

 माघ २, २०७८ आइतबार १८:८:२४ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको काठमाण्डाैकाे गौशालामा रहेकाे नेपाल भारत पशुपति मैत्री धर्मशालामा नियम विपरीत काम गर्ने तथा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताउनु भएको छ । 

आज आइतबार त्यस धर्मशालाको अनुगमन तथा निरीक्षण गर्नु हुँदै मन्त्री आलेले नियम विपरीत गरिएका निर्माणदेखि अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘धर्मशालाको निरीक्षण अनुगमन गरेको छु, भोलि समितिको प्रतिवेदन पनि पेश हुँदैछ, गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही गरिन्छ ।’

मन्त्री आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गएको पुस २३ गते एक छानबिन समिति गठन गरेको छ । 

समितिले भोलि सोमवार आफ्नो प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको छ । अनुगमन निरीक्षणकै क्रममा मन्त्री आलेले नेपाल भारत पशुपति मैत्री धर्मशाला सेभेन स्टार होटलजस्तो धर्मशाला भएको देखेर आफू ‘सक्ड’ (स्तब्ध) भएको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनु भएको थियो । 

सोमवार बुझाइने प्रतिवेदनले दोषी देखाएका सबैलाई कारबाही गर्ने उहाँको भनाइ थियो । मन्त्री आलेले धर्मशालामा रहेका साधारणदेखि उच्च कोटीका रुमसम्म सबै निरीक्षण गर्नु भएको थियो । धर्मशालामा बाथटपदेखि जिम हलसम्म सञ्चालन गर्नका लागि आवश्यक पर्ने सामग्रीहरु राखिएका देखेपछि मन्त्री आले झनै आश्चर्यमा पर्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया