प्रेम आलेले जस्तै प्रशंसनीय काम गर्नुस् : माधव नेपाल

 माघ १९, २०७८ बुधबार २०:४०:१९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको जस्तै राम्रा र प्रशंसनीय काम गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । 

एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आज बुधवार पार्टी कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मन्त्री आलेले राम्रो र प्रशंसा गर्न योग्य काम गर्नुभएको छ, अन्य मन्त्रीहरूले पनि यस्तै खालका राम्रा काम गर्नुस् ।’

अध्यक्ष नेपालले मन्त्री आलेले गरेको जस्तै जनता र देशको हित हुने काम गर्न समेत आफ्नो दलबाट सरकारमा सहभागी मन्त्री तथा प्रदेश प्रमुखलाई आग्रह गर्नुभयो । सरकारमा आफ्ना पार्टीबाट सहभागी भएका अरू मन्त्रीले पनि आलेको जस्तै प्रशंसा गर्न योग्य काम गरेर देखाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले जनताको समस्या समाधान गर्ने कार्यमा लाग्न मन्त्री तथा नेता, कार्यकर्तालाई निर्देशन दिनुभयाे । आफ्नो दलले नेतृत्व गरेका दुई प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘प्रदेश १ र वाग्मतीले पनि उदाहरणयोग्य काम गरेर देखाओस्, पार्टीको चाहना पनि त्यही हो ।’

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया