माओवादी केन्द्र परित्याग गर्नुभएका विष्ट एमालेमा प्रवेश

माओवादी जनतामा केन्द्रित नभएर व्यक्तिमा केन्द्रित भयाे : विष्ट

 चैत ६, २०७८ आइतबार १६:२८:८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – माओवादी केन्द्र परित्याग गर्नुभएका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आज आइतवार वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको वृहत् कार्यकता भेलामा विष्ट एमाले प्रवेश गर्नुभएको हाे । 

उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गर्नुभएकाे थियाे । विष्टसहित माओवादी केन्द्र र अन्य पार्टीबाट केही व्यक्ति एमाले प्रवेश गरेका छन् । 

विष्टले माओवादी केन्द्र आफ्ना एजेन्डाबाट विचलित भएकाले आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले माओवादी केन्द्र जनता केन्द्रित नभएर व्यक्तिमा केन्द्रित भएको र अमेरिकी सहायता एमसीसी पास गरेकाले पार्टी परित्याग गरेको बताउनुभयो ।

विष्टले केही दिनअघि माओवादी केन्द्र परित्याग गरेको र सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । उहाँलाई आज माओवादी केन्द्र संसदीय दलले दलको सदस्यताबाट निलम्बन गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया