सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक

 जेठ ६, २०७९ शुक्रबार ६:४५:२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक  भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका नौ वटा स्थानीय तह मध्ये चार/चार वटा पालिकामा नेपाली का‌ग्रेस र एमाले विजयी भएका छन्  ।  एक वटा पालिकामा माओवादी केन्द्र मेयरमा विजयी भएको छ ।

का‌ग्रेसले तीन वटा नगरपालिकाको मेयर, एक वटा गाउँपालिकाको अध्यक्ष तथा दुई वटा नगरपालिकाको उपमेयर र दुई वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी हासिल गरेको हो । 

यस्तै एमालेले दुई वटा नगरपालिकाको मेयर र उपमेयर, दुई वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा एक वटा नगरपालिकाको उपमेयर जितेको छ ।

माओवादी केन्द्रले एक वटा गाउँपालिकाको मात्र अध्यक्ष जितेको छ । 

१) वीरेन्द्रनगर नगरपालिका मेयर : मोहनमाया ढकाल (नेकपा एमाले ) उपमेयर : निलकण्ठ खनाल (नेकपा एमाले )

२) लेकवेशी नगरपालिका मेयरमा उमेश कुमार पौडेल (नेपाली का‌ग्रेस) उपमेयर : बिमला खड्लुक (एमाले) 

३) गुर्भाकोट नगरपालिका मेयर : हस्त पुन (नेपाली का‌ग्रेस) उपमेयर : मैना विक (नेपाली का‌ग्रेस)

४) सिम्ता गाउँपालिका  अध्यक्ष : ऐन बहादुर चन्द (नेकपा एमाले) उपाध्यक्ष : गोमा शर्मा रेग्मी (नेकपा एमाले)

५) भेरीगंगा नगरपालिका मेयर : यज्ञ प्रसाद ढकाल (नेकपा एमाले) उपमेयर : धनसरा बोहोरा (नेकपा एमाले)

६ बराहताल गाउँपालिका अध्यक्ष : भिम बहादुर भण्डारी (नेपाली का‌ग्रेस) उपाध्यक्ष : लक्ष्मी पुन मगर (नेपाली का‌ग्रेस)

७ पञ्चपुरी नगरपालिका  मेयर : लालबिर भण्डारी (नेपाली का‌ग्रेस) उपमेयर : मुक्तिदेवी रेग्मी (नेपाली का‌ग्रेस)

८) चौकुने गाउँपालिका अध्यक्ष : खड्क विक (नेकपा माओवादी केन्द्र) उपाध्यक्ष : नर बहादुर बान्तोला (नेपाली का‌ग्रेस)

९) चिङ्गाड गाउँपालिका अध्यक्ष : बोध विक्रम जिसी (नेकपा एमाले) उपाध्यक्ष : मिना कुमारी रोकाय (नेकपा एमाले)

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया