कर्णाली प्रदेश सभा बैठक नबसेरै स्थगित

 असार २३, २०७९ बिहिबार १५:५५:१३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक आज बिहीवार पनि स्थगित भएको छ । प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति हुन नसक्दा आज बस्ने भनिएको बैठक स्थगित भएको हो । 

आज बिहान सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि फेरि सहमतिका लागि भोलि शुक्रवार बिहान बैठक बस्ने भएको छ ।

गएकाे असार १२ गते सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्षकाे बजेटमाथि असन्तुष्टि जनाउँदै एमालेले प्रदेश सभा बैठकमा अवराेध गरेको थियो । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । एमालेले बजेट तथ्यपरक नभएको, आफूसँग भएको सहमति विपरीत भएको भन्दै संशाेधन गरिनुपर्ने अडान राखेको  छ । एमालेले १५ लाख रुपैयाँमुनिका टुक्रे योजनामा विनियोजन गरिएको बजेट संशाेधन गरिनुपर्ने, सुदूरपश्चिम प्रदेशका तीन वटा जिल्लामा विनियोजन गरिएको बजेट सच्याउनुपर्ने र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधिअनुसार हुनुपर्ने माग राखेर प्रदेश सभाको बैठकमा अवराेध गरिरहेको छ ।

सरकार र प्रमुख प्रतिपक्ष दलको आ–आफ्नै अडानका कारण सहमति नजुट्दा प्रदेश सभा बैठक अनिश्चित भएको छ । सभामुख शाहीले छलफल सहमति नजिक भएकोले भोलि बस्ने सर्वदलीय बैठकले टुङ्गो लगाएर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया