प्रदेश सरकार र एमालेबीच ४ बुँदे सहमति, कर्णालीकाे बैठक सुरु

 असार २४, २०७९ शुक्रबार १७:१४:२० | मुना हमाल
unn.prixa.net

सुर्खेत – प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच चार बुँदे सहमतिपछि कर्णालीकाे बैठक सुरु भएको छ ।  

आज शुक्रवार सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठकले अवराेध गरिएकाे प्रदेश सभा बैठक खुलाउन विभिन्न निर्णय गरेको हो । एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै असार १२ गतेदेखि प्रदेश सभा बैठक अवराेध गरेको थियो । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्षबीच सहमति भएपछि बैठक सुरु भएको हो ।

सरकारले मुख्यमन्त्री रोजगारको सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुस्ट फिर्ता लिने र विनियोजन भएको रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधिसम्मत योजनाहरू छनोट गर्ने, विनियोजन किताबमा प्रदेशबाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजना हटाउने उल्लेख गरिएको छ ।

यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजना छनोट गर्ने गरी कार्यविधि संशोधन गर्ने र १५ लाख रुपैयाँभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूको हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिँचाइबाहेकका अन्य नयाँ योजनाहरू कार्यान्वयन नगर्ने पनि सहमति भएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया