अहिलेको अधोगतिमा 'ब्रेक' नलगाए देश कम्तीमा श्रीलङ्काजस्तो पक्कै हुन्छ : ओली

 असार २७, २०७९ सोमबार १६:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकाे जथाभाबी क्रियाकलाप नरोकेमा देश श्रीलङ्काजस्तै टाट पल्टिने दाबी गर्नुभएको छ । 

काठमाण्डौमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आज साेमवार भएको अन्तरक्रियामा अध्यक्ष ओलीले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने, डलर सञ्चिति नभएको बेला हतियार किन्ने, कार्यकर्तालाई बजेट बाँड्ने लगायतका गलत क्रियाकलापका कारण देश श्रीलङ्काजस्तै टाट पल्टिने जोखिम रहेको बताउनुभयो । 

‘वास्तवमा अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी अवाञ्छित शक्ति र तत्त्वहरूको हात घुसाउने काम गरियो, यो बदमासीमा अर्थमन्त्री र रक्षामन्त्रीको मात्रै हात छैन,  यसको प्रभाव कम्तीमा पनि हामी श्रीलङ्कासम्म त पुग्ने नै देखियो, त्योभन्दा अघि पनि बढ्न बेर छैन, यदि यस अधोगतिमा ब्रेक लगाइएन भने कम्तीमा पनि श्रीलङ्काकाे जस्तै अवस्थामा पुगिन्छ’, ओलीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया