अहिले हतियार किन्ने निर्णय गरेकै छैन : प्रधानमन्त्री देउवा

 असार ३०, २०७९ बिहिबार १८:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले हतियार किन्ने निर्णय नगरेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अहिले हतियार किन्ने कुनै योजना नभएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।

देशमा विदेशी विनिमय सञ्चिति घट्दै गएको र आर्थिक सङ्कटको लक्षण देखिएको बेला सरकारले हतियार खरिद गर्न लागेको भन्दै पार्टीकै नेताहरूले आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको जवाफ मागेका थिए । जवाफमा देउवाले अहिले हतियार किन्ने कुनै निर्णय नभएको भन्दै योजना नै नभएको विषयमा आफ्नो आलोचना नगर्न आग्रह गर्नुभएको नेता रामहरि खतिवडाले जानकारी दिनुभयो । तर यो विषयमा देउवाको बोली र व्यवहार फरक हुन सक्ने भन्दै विश्वस्त हुन नसकिएको नेताहरूको प्रतिक्रिया छ ।

सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया