डोटीमा बेपत्ता भएका कैलाशको शव भेटियो

 साउन १२, २०७९ बिहिबार ११:५८:३५ | विमल बिष्ट
unn.prixa.net

साङ्केतिक तस्बिर

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका–७ कतरकुडीका ६० वर्षीय कैलाश ढोलीको शव भेटिएको छ।

गएको ३ गतेदेखि हराइरहेका ढोलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पूर्वीचौकी गाउँपालिका–७ कतरकुडीमा रहेकाे चिउरीलेकको जङ्गलमा उहाँको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय डोटी सूचना अधिकारी भोला भट्टले जानकारी दिनुभयो ।

बेपत्ता भएका कैलाशका विषयमा आफन्तले प्रहरीलाई खबर नगरेको र शव पनि आफन्तले नै फेला पारेकाले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया