माओवादीकै कारण जनताले बाेल्न पाउने अधिकार पाए : मुख्यमन्त्री भट्ट

 साउन १६, २०७९ सोमबार १९:५८:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माओवादीले देशमा आमूल परिवर्तन गरेकाे दाबी गर्नुभएकाे छ । 

नेकपा (माओवादी केन्द्र) डोटीले आज साेमवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्ठन सुदृढीकरण अभियान एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले नेकपा माओवादीका कारण देशमा आमूल परिर्वतन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो । उहाँले भन्नुभयो, यो देशमा सबै चिजको परिर्वतन माओवादीले गरेको हो, जनताले निर्धक्कका साथ बोल्न पाएको र आफ्ना अधिकारका बारेमा बोल्न पाएको माओवादीकै कारणले हो । मुख्यमन्त्री भट्टले सङ्घीयता, पालिका सरकारलाई कानुन बनाउनेदेखि न्यायिक अधिकार सबै माओवादी पार्टीले दिएको दाबी गर्नुभयो । 

यसैगरी उहाँले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको दाबी गर्दै बाँकी रहेका अधुरा विकासका काम पनि पूर्ण गर्ने प्रतिबद्धता जनाउनुभयो । आफूले गरेका विकासका कामलाई लिएर नागरिकका घरघरमा जान र नागरिकलाई त्यसबारेमा जानकारी गराउनसमेत मुख्यमन्त्री भट्टले कार्यकर्तालाई निर्देशन दिनुभयो । 

मुख्यमन्त्री भट्टले माओवादीका नेता, कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, माओवादीका नेताहरू सहरमा होइन अब गाउँमा जनतामाझ जानुपर्छ । आफ्ना योजना, काम जनताका माझमा लैजानुस्, गाउँ जान डराउनुपर्ने कुनै कारण छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया