नेकपाको बन्दका कारण रोल्पाको जनजिवन प्रभावित

 असोज १०, २०७५ बुधबार ९:२७:४५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको बन्दका कारण बुधबार रोल्पाको जनजिवन प्रभावित बनेको छ ।

पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई विना सर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण बिहानैदेखि रोल्पाबाट छुट्ने लामो तथा छोटोदूरीका सवारी साधन ठप्प रहेका छन् भने बजार, शिक्षण संस्था र कलकारखाना पनि बन्द भएका छन् । 

दशैंका लागि बजारमा किनमेल गर्नेको चहलपहल बढीरहेको बेला बजार बन्द हुँदा जिल्लाका व्यापारी तथा सर्वसाधारण मर्कामा परेका छन् ।

यता स्थानीय प्रशासनले भने शान्ति सुरक्षामा असर पुग्ने गतिविध गरेकाले पक्राउ गरिएको बताएको छ । विद्यालयमा राजनीतिक सभा गरेकाले पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी दिपक खड्काले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया