मिटर ब्याज पीडित : ८ लाख रुपैयाँ ऋणकाे ब्याज महिनाकाे १ लाख ६० हजार

 भदौ ८, २०७९ बुधबार ९:४:३८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – मिटरब्याजी विरुद्ध गृह मन्त्रालयले उजुरी दिन सूचना जारी गरेपछि सुर्खेतमा हालसम्म ११ वटा उजुरी परेका छन् । 

जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका वीरेन्द्रनगरका एक जना पीडितको उजुरी विवरणमा एक जना व्यक्तिबाट ५० लाख रुपैयाँ ऋण लिएको तर परिबन्धमा पारी ८० लाख रुपैयाँको कागज गराएको र हालसम्म ६० लाख रुपैयाँ तिरिसक्दा पनि तिरिरहनु परेको उल्लेख छ । ती व्यक्तिले २३ जनाबाट ठगिएको भन्दै उनीहरु विरुद्ध प्रशासनमा उजुरी दिएकाे सहायक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेले बताउनुभयाे । तिनै व्यक्तिले उजुरी दिएका अर्का व्यक्ति विरुद्ध उल्लेख भएको विवरणमा ती व्यक्तिबाट १५ लाख रुपैयाँ ऋण लिएको र हालसम्म १९ लाख रुपैयाँ दिइसक्दा पनि ती व्यक्तिले अदालतमा मुद्दा हाल्ने धम्की दिने गरेको उल्लेख छ । 

जिल्ला प्रशासनमै एक जना व्यक्तिले दिएको अर्को उजुरीको विवरणमा एक जना व्यक्तिबाट ११ लाख रुपैयाँ ऋण लिएको तर हालसम्म पटक-पटक सावाँ ब्याज गरेर २५ लाख रुपैयाँ दिँदा पनि पैसा लिएको छैन भनेर अदालतमा मुद्दा हालिदिन्छु भनेर धम्की दिएको उल्लेख छ ।

यस्तै अर्काे एक जना व्यक्तिले आठ लाख रुपैयाँ ऋणको महिनामा एक लाख ६० हजार रुपैयाँ ब्याज दिँदै आएको उल्लेख छ । उजुरीको विवरणमा ती व्यक्तिबाट आठ लाख रुपैयाँ ऋण लिएको तर महिनामा एक लाख ६० हजार ब्याज दिँदा भरपाई गरौँ भन्दा नगरेकाे र उल्टै त्याे ऋणको ११ लाखको तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेको उल्लेख छ ।

 

 

 

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया