पाल्पाको एउटै गाउँबाट दशैँमा पचास लाख रुपैयाँभन्दा बढीको खसी बोका बिक्री

 असोज १८, २०७९ मंगलबार ९:५७:३७ | देव पचभैया
unn.prixa.net

फाइल फाेटाे

पाल्पा – पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङ्ककोटका किसानहरुले दशैँका अवसरमा आधा करोड बढीको खसी बोका बिक्री गरेका छन् ।

उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट ५२ लाख बढीको  खसी तथा बोका बिक्री गरेको सहकारीका अध्यक्ष गंगीसरा सिंजालीले जानकारी दिनुभयो ।

फोक्सिङ्गकोटको रानीबास, झर्लेङ्ग, कोटथर, बेलौजा, झोकेदी लगायतका गाउँबाट दिनहुँ खसी बोकाको कारोबार हुने स्थानीय शिक्षक एवत सारुले बताउनुभयो ।

सहकारीले दशैँ अफरका रुपमा ४ सय ६० भन्दा बढी खसी बोका बिक्री गरेको सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाडे मगरले बताउनु भयो ।

खसी बोका तथा कृषिजन्य उत्पादन निकासी र यातायातको लागि सहकारीले आफ्नै गाडी खरिद गरेर बिक्रीलाई सहज बनाएको छ । सहकारी संस्थाले फोक्सिङ्गकोटको टोल टोलमा खसी संकलन केन्द्र स्थापना गरी तौलने मेशीन समेत जडान गरेको छ ।

रम्भा गाउँपालिकाले उत्पादनमा आाधारित नीति लागू गरेपछि किसानहरु झन् हौसिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो ।

गाउँपालिकाले किसानहरुलाई ८ लाख रुपैयाँभन्दा बढी खसी तथा स्थानीय कुखुरा पालन गर्ने किसानलाई वितरण गरेको थियो । रम्भा गाउँपालिकालाई मासुमा निर्भर बनाउने नीति अनुरुप विभिन्न कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तजङ्ग रानाले बताउनु भयो ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया