२ लाख ४५ हजार रुपैयाँ बराबरकाे पटका नष्ट

 कात्तिक ७, २०७९ सोमबार १६:१७:४९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरी प्रहरीले झन्डै साढे दुई लाख रुपैयाँ बराबरकाे पटका नष्ट गरेकाे छ । प्रहरीले विभिन्न ठाउँ र समयबाट ठूलाे परिमाणमा पटका नष्ट गरेको हाे । 

सप्तरीको छिन्नमस्ता, बोदेबरसाईन, विष्णुपुर, बलान बिहुल, खडक, हनुमानगर कङ्कालिनी, डाक्नेश्वरी, अग्निसाइर कृष्णसवरण लगायतका ठाउँबाट भारतबाट अवैधरूपमा ल्याएकाे दुई लाख ४५ हजार रुपैयाँ बराबरको पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बरामद गरिएका नागिन, फुलझेरी, छुरछुरी, आलु बम, रकेट बम, चक्र, आकाशे बम लगायतका पटाका नष्ट गरिएको हाे । सप्तरीको सीमावर्ती नाकाहरूबाट जिल्लामा बिस्फाेटक पर्दाथहरू भित्र्याइएको स्थानीयवासीकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया