रोल्पाकाे सुलिचाैरमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, १२ जना घाइते

 कात्तिक ९, २०७९ बुधबार १७:४६:१७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधवार दिउँसाे जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको जीप सुलिचाैर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङकाे घाेराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी नायब उपरीक्षक विनाेद घिमिरेले जानकारी दिनुभयाे ।   

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाकाे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचाैर र सात जनालाई काेहलपुर रिफर गरिएकाे छ । 

ब्रेक फेल भएर जीप सडकबाट तल खसेकाे प्रहरीले जनाएकाे छ । जीपमा रहेकाहरू तिहार मनाउन आफन्तकाेमा आउँदै गरेको बताइएको छ । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटेको प्रहरी टोली र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया