बाग्मती कांग्रेस संसदीय दलकाे नेतामा बहादुर सिंह लामा विजयी, इन्द्र बानियाँ ५ मतले पराजित

 पुस १३, २०७९ बुधबार १६:४२:४६ | हरि हुमागाईं
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको बाग्मती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतगणनाअनुसार दलको नेतामा लामा विजयी हुनुभएको कांग्रेस बाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठले जानकारी दिनुभयाे । 

आज बुधवार बाग्मती प्रदेशकाे कार्यालय हेटौँडामा भएको चुनावमा लामाले निकटतम प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई पाँच मतले हराउनुभएको हो । लामाले २१ मत पाउँदा बानियाँले १६ मतमात्र पाउनुभयो ।

यसअघि संसदीय दलको नेताको चुनावका लागि कांग्रेस बाग्मती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया