रोल्पामा सशस्त्र प्रहरी बल

 असोज २६, २०७५ शुक्रबार १९:५०:५९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्म हेडक्वार्टरको स्थापना गरिएको छ ।

सदरमुकाम लिबाङस्थित साविकको जिल्ला शिक्षा कार्यालय रहेको भवनमा स्थापना गरिएको सशस्त्र प्रहरीबल गुल्म हेडक्वार्टरको आज ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा कानुन मन्त्री केसीले राजनीतिक आवरणमा विभिन्न क्रियाकलाप हुने भएकाले रोल्पाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सशस्त्र प्रहरी बलको स्थापना गरिएको बताउनुभयो । ‘अबदेखि कुनै पनि घटनाको सुक्ष्म तरिकाले अध्ययन गर्न सहज हुनेछ’, मन्त्री केसीले भन्नुभयो ।

२७ नम्बर गण हेडक्वार्टर रुपन्देही अन्तरगतको एक नम्बर गुल्मलाई रोल्पामा स्थानान्तरण गरिएको गुल्मका प्रहरी नायव उपरीक्षक सुशील सुवेदीले जानकारी दिनुभयो । 
रोल्पामा यसअघि सशस्त्र प्रहरी बल नहुँदा जिल्ला सुरक्षा समितिले पूर्णता पाउन नसकेकोमा सशस्त्र आएसँगै सुरक्षा समितिले पूर्णता पाएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया