खुम्बु क्षेत्र हिउँले सेताम्मे, पर्यटक खुसी (फाेटाेफिचर)

 चैत १९, २०७९ आइतबार ९:२९:१२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । खुम्बु क्षेत्रमा गएकाे शुक्रवारदेखि निरन्तर हिमपात भएकाे हाे।

नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले बताउनु भयाे। हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।

शनिवार हिजाे दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किएको छ । हिउँमा रमाउने पर्यटकहरु बिहानैदेखि हिउँ खेल्न निस्किएका छन्। लामो समयपछि हिमपात भएका कारण खुम्बुका होटल, व्यवसायी र स्थानीयसहित पर्यटक उत्साहित भएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया