वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
श्रीलंकासँगको तेश्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ७ विकेटले विजयी भएको छ ।
पानी परेपछि २१ ओभरमा छोट्याइएको खेलमा १ सय ५१ रनको लक्ष इंग्ल्याण्डले १५ बल बाँकी हुँदै ३ विकेट गुमाएर भेट्टाएको हो । इंग्ल्याण्डको जितमा कप्तान इयान मोर्गनले नटआउट ५८ र ज्यासन रोयले ४४ रन बनाए ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । इग्ल्याण्डका आदिल रसिदले ४ तथा टम कुरानले ३ विकेट लिएपछि श्रीलंकाका ब्याट्स्म्यानले धेरै रन बनाउन सकेनन् । यससँगै ५ एकदिवसीय क्रिकेटको श्रृंखलामा इग्ल्याण्डले २ शून्यको अग्रता लिएको छ ।
यी दुई देशबीच एक ट्वेण्टी ट्वेण्टी र तीनवटा टेष्ट क्रिकेट पनि हुनेछन् ।