प्युठानकाे भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा आठ जनाकाे ज्यान गयाे

 जेठ २९, २०८० सोमबार १८:३२:० | प्रेमनारायण आचार्य
unn.prixa.net

प्युठान - प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेमा जीप चालक दाङकाे लमही नगरपालिका–५ का ताराबहादुर कुमाल, तुलसीपुर–१५ की ३५ वर्षीया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल, लमही–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र उहाँका ९ वर्षीय छोरा आदित्य शाहको ज्यान गएकाे छ । ज्यान गुमाउनेमध्ये एक जनाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले बताउनु भयाे । 

मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएकाे थापाले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया