कालीकाेटकाे एक विद्यालयमा थाहा नभएकाे रोगले एक विद्यार्थीकाे ज्यान गयाे, ५१ जना बिरामी

 असार २१, २०८० बिहिबार १८:४६:१० | मनिराज पाण्डे
unn.prixa.net

तिलागुफा नगरपालिकाकाे कार्यालय

कालीकोट – कालीकाेटकाे तिलागुफा नगरपालिका–१० रुडुमा रहेकाे महादेव माध्यमिक विद्यालयमा थाहा नभएकाे राेगले एक विद्यार्थीकाे ज्यान गएकाे छ ।

थाहा नभएकाे राेगले कक्षा कक्षा ६ मा अध्ययनरत कर्मा थापाकाे ज्यान गएकाे हाे । यस्तै अन्य ५१ जना विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा एक हप्ता अघिदेखि विद्यार्थी बिरामी पर्ना थालेका विद्यालयका प्रधानाध्यापक भरतबहादुर सिंहले बताउनुभयो ।

प्रारम्भिक बाल विकास (ईसीडी) का १३ जना शिक्षक र कक्षा ५ का १६ जना विद्यार्थीको अनुहार सुन्निएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको शिक्षक धर्मनन्द्र कोइरालाले बताउनुभयो । यस्तै कक्षा ३ का १८ जना विद्यार्थीकाे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकाे छ । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने समस्या आएको शिक्षक कोइरालाले बताउनुभयाे ।

विद्यालयमा विद्यार्थी बिरामी परेको सूचना प्राप्त भएकाले आज बिहीवार नै स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया