राेल्पाकाे रुन्टीगढी–४ का वडाध्यक्ष पुनको निधन

 असार २७, २०८० बुधबार १३:५८:२९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज बुधवार निधन भएको छ ।

हिजाे मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो । ३७ वर्षीय पुनको उपचारका क्रममा बुधवार दिउँसाेतिर ज्यान गएकाे अस्पतालले जनाएकाे छ । 

सामान्य बिरामी भएका पुनले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई औषधी सेवन गरिरहेका परिवारले जनाएकाे छ ।

पुन गएकाे पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया