जिल्ला प्रहरी कार्यालय दैलेखकाे हिरासतमा पुस्तकालय

 साउन १५, २०८० सोमबार ११:२५:५० | अमर सुनार
unn.prixa.net

दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले हिरासतमा थुनिएकाहरुका लागि पुस्तकालयकाे व्यवस्थापन गरेकाे छ। मुद्दाको अनुसन्धान प्रक्रियाका क्रममा हिरासतमा रहेकाहरुलाई समय कटाउन सजिलाे हाेस् भनेर पुस्तकालयकाे स्थापना गरिएकाे कार्यालयले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले थुनुवाहरुलाई पुस्तक वितरण गरेर सोमवार आज पुस्तकालयको शुभारम्भ गर्नुभएकाे हाे

पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्रन्थ, सामान्यज्ञान जस्ता दुई सयभन्दा बढी पुस्तकहरू राखिएको छ । स्वेच्छिक रुपमा पुस्तकालयमा पुस्तक दिनेहरुको अभिलेख राखिने कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताउनुभयो ।

प्रहरी हिरासतमा रहेकाहरुले लिएको पुस्तक भरपाइ गरी पढ्न दिने र पढिसकेपछि फर्काउने र अर्को पुस्तक पढ्न पाउने तर मुद्दाको अनुसन्धानपछि अभियोग पेस भएपछि अदालतले कारागार चलान हुने वा धरौटीमा छुटेकाहरुले पुस्तक फर्काउनुपर्ने नियम राखिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया