राेल्पामा बस दुर्घटना : ज्यान गुमाएका ४ जनाकाे परिचय खुल्याे

 साउन २३, २०८० मंगलबार १९:१७:५५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा आज मङ्गलवार भएको बस दुर्घटनामा चार जनाको ज्यान गएकाे छ । दुर्घटनामा ११ महिनाको शिशुसहित १५ जना घाइते भएका छन् ।

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उहाँकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षका प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुसालले जानकारी दिनुभयाे ।

शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा लगिएको छ भने घाइतेहरूको दाङमा रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते हुनेहरूमा धेरैजसाे रोल्पाको माडी गाउँपालिकाका रहेका छन् ।

यस्तै सामान्य घाइतेसमेत रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा चालकको लापर्बाही देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । बस तीव्र गतिका कारण अनियन्त्रित भई घुम्ती सडकबाट तल खसेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया